एजेन्सी-बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म 'भारत' चार दिनपछि ईदमा रिलिज हुँदैछ ।
दर्शकहरू फिल्मको तीव्र प्रतिक्षामा छन् । उता सलमान र कट्रिना पनि फिल्मको प्रचारप्रसारमा जुटेका छन् ।
यतिबेला सामाजिक सञ्जालभर सलमान र कट्रिना छाइरहेका छन् ।
कट्रिना 'भारत'को प्रमोशनमा प्राय: साडीमा देखिएकी छन् । कट्रिनाको साडीको चर्चा भइरहेको छ । उनलाई साडीमा निकै सुन्दरी देखिएको छ ।
उनको सुन्दरतामा सलमान पनि फिदा भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा कट्रिनाको फोटो पोस्ट गर्दै त्यसको संकेत देखाएका छन् ।
उक्त फोटोमा सलमान र कट्रिना सिँढीमा देखिएका छन् । कट्रिना पहेँलो साडीमा छिन् ।
सलमानले कट्रिनालाई निकै मायालु तरिकाले हेरिरहेका छन् ।
सीढ़ी , साड़ी , लड़की #Bharat #Promotions pic.twitter.com/3En4wbz9hg
— Salman Khan (@BeingSalmanKhan) May 31, 2019