२२ जेठ २०८३, शुक्रबार

देउवाले दिए एस जयशंकरलाई बधाई

जेठ १८, २०७६
देउवाले दिए एस जयशंकरलाई बधाई

काठमाडाैं–नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करलाई बधाई तथा शुभकामना दिनुभएको छ । 
 
    सभापति देउवाले आज एक पत्रमार्फत एस जयशङ्करलाई भारतको विदेशमन्त्रीमा नियुक्त हुनु भएकामा बधाई दिनुभएको हो । एस जयशङ्करले भारतको वैदेशिक सेवामा गर्नुभएको लामो अनुभव र योगदानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बाह्य मामिला सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उच्च सफलता मिल्ने सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ । 
   साथै सभापति देउवाले विदेशमन्त्री एस जयशङ्करको कार्यकालमा नेपाल र भारतबीचको आपसी सम्बन्ध अझ बलियो हुने अपेक्षा गर्नुभएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्