०८ साउन २०८३, शुक्रबार

लोक सेवाको विज्ञापन समावेशी नभएको भन्दै संसद्‍मा राजपाको आपत्ति

लोक सेवाको विज्ञापन समावेशी नभएको भन्दै संसद्‍मा राजपाको आपत्ति

काठमाडौं –राष्ट्रिय जनता पार्टी (राजपा)ले लोकसेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाएको छ । आयोगले संविधान उल्लंघन गरेको राजपाको आरोप छ । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन सच्च्याउन माग गरेका हुन् ।

‘न्यायपरिष्दले समानुपातिक समावेशी गर्दैन, मन्त्रिपरिषद्ले राजदूतको नियुक्ति गर्छ समावेशी हुँदैन, संवैधानिक आयोगको सिफारिश समावेशी छैन,’ कर्णले संसद्मा भने, ‘हुँदा हुँदा लोकसेवा आयोगले ९ हजारभन्दा बढी पदका लागि विज्ञापन निकालेको छ, लोक सेवा आयोगले पनि नमान्ने यो संविधानलाई ? अब यो संविधान कसले मान्ने ?’

कर्णले लोक सेवाको विज्ञापन नसच्चिएसम्म संसद्को अधिवेशनमा अवरोध गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्