२८ जेठ २०८३, बिहीबार

नेयमारमाथि लाग्यो बलात्कारको आरोप

नेयमारमाथि लाग्यो बलात्कारको आरोप

काठमाडौं – ब्राजिलका सुपरस्टार फूटबलर नेयमारमाथि पेरिसमा एक महिलाले बलात्कारको आरोप लगाएकी छन् ।

यसको खुलासा ब्राजिलको एक मिडियाले गरेको हो । 

नेयमारका पिता तथा व्यवस्थापकले यी आरोप झूटो भएको बताएका छन् र ब्ल्याकमेल गर्नका लागि यस्तो आरोप लगाइएको भनेका छन् । 

नेयमार अहिले ब्राजिलमा कोपा अमेरिकाको तयारी गरिरहेका छन् । 

साओ पाउलो प्रहरीमा दर्ता गरिएको उजुरी अनुसार, नेयमारले पीडित महिलाको असहमतिबेगर हिंस्रक यौन सम्बन्ध बनाएको आरोप छ । तर साओ पाउलो प्रहरीले यस उजुरीको प्रतिलाई गोपनीय भन्दै दिन अस्वीकार गरिदियो । 

पीडित महिला ब्राजिलनिवासी नै भएको समाचार छ । उनले पेरिस सेन्ट–जर्मानका खेलाडीसँग इन्स्टाग्राममा चिनापर्ची गरेकी थिइन् । च्याटका क्रममा नेयमारले महिलालाई पेरिस आएर भेट्न भने । 

नेयमार नशाले चूर भएर होटलमा पुगेको र कुराकानी गरेको र पछि आक्रामक हुँदै जबर्जस्ती यौन सम्बन्ध बनाएको महिलाको आरोप छ । 

नेयमारका पिताले एक अन्तर्वार्तामा सबै कुरा खण्डन गरे । उनले भने, ‘यो सत्य हैन । छोरोले अपराध गर्न सक्दैन । उसलाई ब्ल्याकमेल गर्न खोजिएको छ । हामीसँग प्रशस्त प्रमाण छन् र हामीले प्रमाण वकिललाई दिएका छौं ।’

नेयमार र ती महिला एकपटक डेटिङमा गएका अनि त्यसपछि उसले महिलालाई भेट्न नचाहेको सत्य हो । महिलाको परिवारले नेयमारसँग पैसा धुत्न खोजेको पिताको आरोप छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्