०१ साउन २०८३, शुक्रबार

अमेरिका जान मन छ ? बुझाउनुस् ५ वर्षको सामाजिक सञ्जाल विवरण

अमेरिका जान मन छ ? बुझाउनुस् ५ वर्षको सामाजिक सञ्जाल विवरण

काठमाडौं – अबदेखि अमेरिकाको भिसा आवेदन दिने व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा पाँच वर्षको जानकारी दिनुपर्ने भएको छ । 

भिसा आवेदकहरूसँग उनीहरूको सामाजिक सञ्जाल अकाउन्टको युजर नेम लिइनेछ । एक वर्षअगाडि नै यस्तो नियम लगाइने कुरा भएको थियो र यसलाई अहिले आएर कार्यान्वयन गरिएको छ । 

द न्युयोर्क टाइम्सको अनुमान अनुसार, वार्षिक रूपमा १.४७ करोड मानिसहरूसँग उनीहरूको सामाजिक सञ्जालको अकाउन्टको जानकारी मागिनेछ । 

इम्मिग्रेसन ल फर्मकी एमिली न्युम्यान भन्छिन्, ‘अमेरिकी दूतावासमा भिसा फारम डी–१६० र डी–२६० मा निवेदकहरूलाई विगत पाँच वर्षमा प्रयोग गरिएको सामाजिक सञ्जाल अकाउन्टको जानकारी मागिएको छ । निवेदकहरूले आफ्नो युजरनेम भन्नुपर्छ, पासवर्ड दिइरहनुपर्दैन ।’

सामाजिक सञ्जालमा फेसबूक, फ्लिकर, गूगल प्लस, ट्विटर, लिंक्डइन र युट्युब छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्