काठमाडौं – सलमान खानको नयाँ फिल्म भारत बुधवार रिलिज हुन लागेको छ । फिल्मको एड्भान्स्ड बूकिङ खुलेको छ ।
सलमानको फिल्मको क्रेज प्रशंसकहरूमाझ चढिसकेको छ । उनका एक फ्यानले नासिकमा पूरा हल नै बूक गरेका छन् ।
डेक्कन क्रोनिकलमा छापिएको रिपोर्टमुताबिक आशीष सिंघल नामक फ्यानले भारत रिलिज भएको पहिलो दिन पहिलो शो हेर्नका लागि हल बूक गरेका हुन् ।
सलमानका फ्यानहरूले यसअघि पनि उनका लागि यस्तै क्रेजी काम गर्ने गरेका थिए ।
फिल्ममा सलमान पाँच फरक लूकमा देखिनेछन् । उनी किशोर सर्कस च्याम्पियनदेखि ६० वर्षको बूढोसम्मको भूमिकामा देखिनेछन् ।
फिल्ममा सलमानबाहेक कट्रिना कैफ, तब्बु, दिशा पाटनी र ज्याकी श्रौफ पनि छन् ।
फिल्मको निर्देशक अली अब्बास जाफरले गरेका हुन् ।
सलमान र कट्रिना फिल्मको प्रमोसनमा व्यस्त छन् । कट्रिना पनि जवान र वृद्ध दुवै भूमिकामा देखिन लागेकी छन् ।
फिल्मका गीत सुपरहिट भएका छन् । फ्यानहरू फिल्मको रिलिज डेटको व्यग्र प्रतीक्षा गरिरहेका छन् ।
एजेन्सी