२३ जेठ २०८३, शनिबार

'बजेटका कारण नेपालमा भेनेजुएला र ग्रीसको अवस्था आउन सक्छ'

'बजेटका कारण नेपालमा भेनेजुएला र ग्रीसको अवस्था आउन सक्छ'

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले स्रोत बिना सामाजिक सुरक्षा खर्च बढाउँदा देशको अर्थतन्त्र टाट पल्टिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले भरपर्दो स्रोत बिना सामाजिक सुरक्षा भत्ता बढाउदा देशको अर्थतन्त्र भेनेजुएलाको जस्तो हुने चेतावनी दिएका हुन् । 

‘भर्खरै चुनाव आउन लागेजस्तो गरी सस्तो लोकप्रियताको लागि सामाजिक सुरक्षाको रकम बढाउँदा भेनेजुएलाको जस्तो अवस्था आउन सक्ने खतरा छ । कच्चा तेलको मूल्य प्रति ब्यारल १ सय ४० डलर पुग्दा भेनेजुएलाले सामाजिक सुरक्षामा बढायो, गरीबको लागि घर बनाउने कार्यक्रम ल्यायो । खाद्यान्न निशुल्क गर्‍यो । जब तेलको मूल्य ४० डलरमा झरेपछि सामाजिक सुरक्षा भत्ता काटियो । त्यसको आक्रोशमा लाखौ मानिस सडकमा आएर विद्रोह गरेपछि राजनीतिक अस्थिरता शुरू भयो । ग्रीसको अवस्था त्यस्तै भयो । सस्तो लोकप्रियताको नाममा सामाजिक सुरक्षा बाँड्नु अभिषाप बन्न सक्छ,’ खड्काले भने । 

नेता खड्काले आर्थिक वृद्धि गरेर वितरण बढाउनुको सट्टा भरपर्दो स्रोत बिना वितरणमुखी बजेट ल्याएर अर्थतन्त्रको उल्टो दिशा लिएको टिप्पणी गरे । उनले सरकारको नीतिका कारण वैदेशिक लगानी आउन नसक्ने समेत दाबी गरे ।  

salt training

कमेन्ट गर्नुहोस्