२१ जेठ २०८३, बिहीबार

परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेन्टर स्थापित

परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेन्टर स्थापित

काठमाडौं - विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमताको पहिचान गर्ने, अभिलेख गर्ने र मुलुकको विकासमा परिचालन गर्ने उद्धेश्यले परराष्ट्र मन्त्रालयमा Brain Gain Center (BGC)  स्थापना गरिएको छ। औपचारिक रूपमा यसको सञ्चालन २०७६।०२।१९ गतेबाट भएको छ। BGC एक अनलाइन डाटावेस हो। यसको सञ्चालन, संयोजन र सहजीकरण परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाबाट हुनेछ।

यस केन्द्रका मुख्य उद्धेश्यहरु निम्न अनुसार रहेका छन्:

  1. विश्वका विभिन्न स्थानमा रहनु भएका नेपालीहरुको ज्ञान, सीप र क्षमताको पहिचान गर्ने तथा अभिलेख गर्ने,
  2.  विदेशमा रहनु भएका विद्वत वर्गलाई मातृभूमिको विकासमा योगदान गर्न प्रोत्साहन गर्ने,
  3.  सरकारी, गैरसरकारी तथा  निजी क्षेत्रका संस्थाहरु र विदेशमा रहनु भएका विद्वत वर्गहरुबीच सम्पर्क कायम गराउने र ती क्षेत्रलाई आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सहजीकरण गर्ने,
  4. विदेशमा रहेका विद्वत वर्गलाई मुलुकको विकास प्रक्रियामा परिचालन गर्ने,
  5. उहाँहरुले मुलुकको विकासमा गर्नु भएको योगदानको कदर गर्ने

हालसम्म यस केन्द्रमा विभिन्न ४१ मुलुकबाट ५०० भन्दा बढी नेपालीहरु आवद्ध भई सक्नु भएको छ । यस सम्बन्धी विस्तृत जानकारी www.mofa.gov.np/bgc बाट लिन सकिन्छ।

salt training

कमेन्ट गर्नुहोस्