
काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी संगठनका २ जना पक्राउ परेका छन् ।
विद्यार्थी निकट बारा जिल्लाका संयोजक भुपाल शाह भनिने कलैडा–४ का नीरजकुमार शाह र कुर्बी नगरपालिका सन्तोष भनिने काशिनाथ तिमल्सिनालाई बाराको निजगढ–८ बाट पक्राउ परिएको बारा जिल्ला प्रमुख एसपी शारदा अमात्यले बताए ।
उनीहरूलाई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।