१५ असार २०८३, सोमबार

ल्यापटप तथा मोबाइल चोरी गर्ने ४ जना पक्राउ

ल्यापटप तथा मोबाइल चोरी गर्ने ४ जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न होस्टेलबाट मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले आइतवार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका–९ बनगाँउ घर भएका २३ वर्षीय बालकृष्ण चौधरी, काठमाडौं कालोपुल बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय राजन थापा, काठमाडौं काडाँघारी बस्ने काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–५ घर भएका २३ वर्षीय शिखर गौतम र काठमाडौं रामहिटी बस्ने उदयपुर रौतामाई गाउँपालिका–१ घर भएका २४ वर्षीय डेबिट भन्ने विष्णु बहादुर तामाङ रहेका छन् ।  

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ९ थान र मोबाइल ५ थान समेत बरामद गरेको छ । 

पक्राउ परेकामध्ये बालकृष्ण र राजन चोरी गर्ने कार्यमा संलग्न रहेको तथा शिखर र विष्णुबहादुर चोरीको सामान खरीद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ । 

पक्राउ उनीहरूलाई थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्