०४ असार २०८३, बिहीबार

सोलुखुम्बुमा भएको आक्रमण विप्लव समूहले नगरेको 'प्रकाण्ड'को दाबी

सोलुखुम्बुमा भएको आक्रमण विप्लव समूहले नगरेको 'प्रकाण्ड'को दाबी

काठमाडौँ - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले आइतवार राति सोलुखुम्बुमा प्रहरी चौकीमाथि भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ । सोमवार दिउँसो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले एक विज्ञप्ति निकाल्दै सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको प्रष्ट पारेका छन् ।

'ओली-प्रचण्ड सामाजिक दलाल सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि दमनको अनेक षड्यन्त्र र हत्या गरिरहेको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'यसै क्रममा हिजो सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति छैन ।'

पूर्वी नेपालमा पार्टीमाथि दमन गर्ने सरकारी नीति अनुरुप नै आक्रमणको समाचार फैल्याएको विज्ञप्तिमा आरोप लगाइएको छ । आक्रमण भएको समाचार झुटो भएको विज्ञप्तिमा दाबी गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति -

salt training

कमेन्ट गर्नुहोस्