०१ असार २०८३, सोमबार

चुनाव हारेपछि मायावती र अखिलेशको बाटो छुट्टियो

चुनाव हारेपछि मायावती र अखिलेशको बाटो छुट्टियो

काठमाडौं – भारतमा लोकसभा चुनावको परिणाम आफ्नो पक्षमा नआएपछि समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धन टुट्न लागेको चर्चा छ ।

मायावतीका तर्फबाट कार्यकर्ताहरूलाई ११ विधानसभा उपचुनावमा एक्लै लड्ने निर्देशन दिएपछि यस्ता अनुमानहरू आइरहेका हुन् । 

गठबन्धन बनाउँदा त यी दलहरूको यस्तो हालत छ भने मायावतीले एक्लै चुनाव लड्दा कत्तिको पो फाइदा हुने हो भनी राजनीतिक विश्लेषकहरू चर्चा गरिरहेका छन् । 

बसपा कार्यकर्ताहरूलाई ११ विधानसभा उपचुनावमा एक्लै लड्न तयारी गर्न मायावतीले निर्देशन दिएकी छन् । भविष्यमा उनी गठबन्धनमा जोडिन नचाहेको संकेत यसबाट पाइन्छ । बसपाले उपचुनावहरू खासै लड्ने नगरेको र अहिले मायावतीले एक्लै लड्ने फैसला गरेको हुँदा उनी पछि पनि गठबन्धनमा नजोडिने संकेत प्राप्त भएको हो । 

उत्तर प्रदेशको कुल ७८ सीटमा चुनाव लडेको गठबन्धनले जम्मा १५ सीत ल्याउन सकेको थियो । सपाले जम्मा पाँच अनि बसपाले १० सीट ल्याएका थिए । राष्ट्रिय लोक दलले भने एक सीट पनि ल्याएन । मायावतीले अघिल्लो लोकसभा चुनावभन्दा १० सीट बढी ल्याएको भए पनि २० सीट ल्याउने आशा गरेकी थिइन् । 

बसपाका परम्परागत भोटरहरूले दिएको मतले आफूलाई १० सीट आएको नत्र सपाका मतदाताले आफूलाई भोट नदिएको आकलन मायावतीले गरेकी छन् । बसपाले जम्मा १९.३ प्रतिशत भोट अनि सपाले १७.९३ प्रतिशत ल्यायो ।

बसपाको क्षेत्र गठबन्धनका अन्य दलभन्दा अलिक फराकिलो छ । उत्तर प्रदेश बाहेक पञ्जाबका पनि बसपाका लागि ठूलो भोट बैंक छ । अनि मध्य प्रदेशमा पनि बसपाको आधार छ र अघिल्लो वर्ष उसले त्यहाँको विधानसभा चुनावमा दुई सीट जितेको थियो । यस्तो अवस्थामा बसपा अब आफ्नै बलबुतामा प्रभाव विस्तार गर्ने योजना बनाइरहेको छ ।

अघिल्लो वर्ष दलित उप्तीडनको मुद्दा उठाउँदै मायावतीले विरोधस्वरूप राज्यसभाबाट राजीनामा दिएकी थिइन् । अहिले उनी लोकसभा र राज्यसभा कतै पनि सदस्य छैनन् । सन् २०२० मा उनी राज्यसभा जाने हो भने सपा र आरएलडी अनि अझ कांग्रेसको समर्थन पनि आवश्यक हुन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्