१६ असार २०८३, मंगलबार

ओलीलाई विपक्षी सांसदको बधाई : क्रिस्चियन धर्मको ज्ञाता भएकाले विद्यावारिधि दिएको होला !

ओलीलाई विपक्षी सांसदको बधाई : क्रिस्चियन धर्मको ज्ञाता भएकाले विद्यावारिधि दिएको होला !

काठमाडौं – दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका भरत साहले ओलीलाई बधाई दिएका हुन् ।

‘प्रधानमन्त्रीलाई कोरियाको विश्वविद्यालयले विद्यावारिधि दियो, क्रिस्चियन सम्बन्धी धेरै जानकार र ज्ञाता भएको हुनाले पनि पाउनुभएको होला । त्रिविले पनि सो विद्यालयलाई रातारात मान्यता दिएको छ । प्रधानमन्त्रीलाई शुभकामना र बधाई दिन चाहन्छु,’ साहले भने । 

साहको भनाइको प्रतिवाद गर्दै नेकपामा महेश बस्नेतले धर्मनिरपेक्ष राष्ट्रका सांसदलाई क्रिस्चियन धर्म विरोधी भूतलाई हटाउन सुझाव दिए तर धर्मनिरपेक्ष राष्ट्रकै प्रधानमन्त्रीले धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधि उपाधि थापेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्