०१ साउन २०८३, शुक्रबार

इंग्ल्याण्ड-पाकिस्तानको खेलमा भएका रेकर्ड : ७८७ दिनपछिको पहिलो विकेटदेखि दुई शतकसम्म

इंग्ल्याण्ड-पाकिस्तानको खेलमा भएका रेकर्ड : ७८७ दिनपछिको पहिलो विकेटदेखि दुई शतकसम्म

एजेन्सी- आईसीसी क्रिकेट विश्वकपअन्तर्गत सोमवार निकै रोचक म्याच भयो । पहिलो खेलमा लज्जास्पद हार बेहोरेको पाकिस्तानले दमदार पुनरागमन गर्‍यो । पाकिस्तानले प्रबल दाबेदार टीम इंग्ल्याण्डलाई १४ रनले हरायो । 

यससँगै पाकिस्तानले विश्वकप २०१९ मा जीतको खाता खोलेको छ । यस म्याचमा धेरै रेकर्डहरू बने । 

जो रूट विश्वकप १२ औं संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । रूटले ९७ बलमा आफ्नो एक दिवसीय करिअरको १५ औं शतक हाने । 

विश्वकप इतिहासमा इंग्ल्याण्ड पहिलो टीम बन्यो, जसले एकै पारीमा दुई शतक हान्यो । दुई शतकका बाबजूद पनि इंग्ल्याण्डले हारको सामना गर्‍यो । 

इंग्ल्याण्डको तर्फबाट रूट र बटलरले शतक प्रहार गरेका हुन् । 

पाकिस्तानी बलर वहाब रियाजले ७८७ दिनपछि एक दिवसीय खेलमा पहिलो विकेट लिए । वहाबले १० ओभरमा ८२ रन खर्चेर ३ विकेट लिए । 

विश्वकप इतिहासमा पहिलो पटक एकै टीमका दुई खेलाडीले शतक हान्दा पनि हार्ने टीम बन्यो- इंग्ल्याण्ड ।

लगातार ६ खेलमा ३ सयभन्दा माथिको स्कोर बनाउने मामिलामा इंग्ल्याण्डले अस्ट्रेलियासँग बराबरी गर्‍यो । 

यस खेलमा इंग्ल्याण्डका क्रिस वोक्सले चार क्याच लिए । एकै म्याचमा चार वटा क्याच गर्ने उनी इंग्ल्याण्डको पहिलो खेलाडी बने । 

salt training

कमेन्ट गर्नुहोस्