काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ प्योङयाङमा आयोजित एक खेल कार्यक्रममा देखापरेकी छन् ।
उनी ५० दिन गुमनाम भएपछि देखापरेकी छन् ।
किमले बहिनीलाई अमेरिकासँगको शिखरवार्ता असफल भएपछि सार्वजनिक जीवनबाट टाढा बस्न भनेका थिए ।
यो–जोङ सार्वजनिक भएपछि मिडियाले उनका विषयमा गरेको अनुमानमा प्रश्न उठेको छ । उत्तर कोरियाको सरकारी मिडियाले मंगलवार यो–जोङ आफ्ना दाइ, भाउजु र अन्य शीर्ष अधिकारीसँग बसेर प्योङयाङस्थित मे डे स्टेडियममा ताली बजाइरहेकी देखिन्छिन् ।
किम योङ–चोल पनि उक्त कार्यक्रममा देखिएका थिए । शिखरवार्ता असफल भएपछि उनलाई कठोर श्रम शिविरमा बस्ने सजाय दिइएको बताइएको थियो । उनी सार्वजनिक भएपछि सबै अनुमानमा विश्राम लागेको छ ।
एजेन्सी