
काठमाडौं – अस्ट्रेलियाको डार्बिन शहरमा एकजना बन्दूकधारीले कम्तीमा चारजनाको हत्या गरेको समाचार आएको छ ।
मंगलवार भएको गोलीकाण्डपछि ४५ वर्षीय एक व्यक्तिलाई हिरासतमा लिइएको नर्दन टेरिटोरी प्रहरीका ड्युटी उपरीक्षक ली मोर्गनले बताए ।
मोर्गनले भने, ‘हामीले चारजनाको मृत्यु भएको खबर पाएका छौं र थुप्रैजनालाई गोली लागेको छ ।’
अस्ट्रेलियन ब्रोडकास्टिङ कोर्पले दिएको खबरअनुसार, एकजना पुरुषले वूल्नर नामक स्थानमा रहेको पाम्स होटलमा शटगनबाट गोली प्रहार गरेका थिए ।
एजेन्सी