
काठमाडौं– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ स्थित गुँडेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न नसकेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम प्रहरी चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेका हुन् ।
गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौधीनजिक हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए । यसैको आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभर तरंग फैलिएको थियो ।