
काठमाडौं– महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन् । नयाँ पत्रिकासँगको कुराकानीमा उनले आफू कलाकारितामै केही गर्छु भनेर आएको भएपनि जुनसुकै बेला राजनीतिमा पनि आउन सक्ने बताएका हुन् ।
उनले भनेका छन्,‘सत्यचाहिँ के हो भने म मूलभूत रुपमा कलाकारितामा केही गर्छु भनेर आएको मान्छे हो । कलाकारितामै अझैं केही गर्न बाँकी छ । त्यही भएर राजनीतिमा अहिले नै होमिनुपर्छ जस्तो लाग्दैन । तर जतिखेर पनि राजनीतिमा आउन सक्छु ।