
काठमाडौं- गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी स्वास्थ्यमन्त्री ब्लुमवर्ग पुरस्कारबाट पुरस्कृत भएका छन् ।
सूर्य टोबाको प्रालिलाई अदालतसम्म लैजाने सहसचिव रामकृष्ण सुवेदी पुरस्कृत भएका हुन् ।
सरकारको नीतिअनुसार आफ्ना उत्पादनमा ९० प्रतिशत चेतनामुलक चित्र राख्न सूर्य टोवाकोले आनकानी गर्दा उसलाई अदालतसम्म उभ्याएका थिए ।
काठमाडौं जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी रहँदा सूर्य टोबाकोमा छापा मारेर कारवाही गरेका थिए ।
स्वास्थ्य मन्त्रालयले सहसचिव सुवेदीले सूर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीयुक्त सन्देश राख्न योगदान गरेबापत पुरस्कृत गरेको हो ।
सुवेदीले कार्यकालमा काठमाडौंमा जथाभावी धूमपानमा रोक लगाउनुका साथै यसको बिक्री वितरणमा समेत कडाइ गरेका थिए ।
उनलाई ५० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।