२६ असार २०८३, शुक्रबार

रौतहटमा मेयरमाथि कुटपिट

रौतहटमा मेयरमाथि कुटपिट

काठमाडौं – रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयरलाई स्थानीय १ युवाले कुटपिट गरेका छन् । 

मस्लिम समुदायको पर्व इद मनाउन मस्जिदमा रहेका मेयर मोहम्मद सकिल अख्तरलाई गाउँकै १ जना युवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।

राति ११ बजेको समयमा परिवारसँगै आएका १ जना सदस्यले कुटपिट गरेको डीएसपी कार्कीले बताए । राति मस्जितको काम सकिएपछि घर जाने क्रममा मेयर कुटिएका हुन् ।

कुट्ने युवा फरार रहेको र उनको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ । मेयर अख्तर कांग्रेसबाट निर्वाचित भएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्