११ असार २०८३, बिहीबार

मुस्लिम बस्तीमा कांग्रेस नेता उपाध्यायको ‘इद मुबारक’

मुस्लिम बस्तीमा कांग्रेस नेता उपाध्यायको ‘इद मुबारक’

कपिलवस्तु– इस्लाम धर्मालम्बीहरूको महान चाड इद उल फित्रको अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्यायले ‘इद मुबारक’ मनाएका छन् ।

गृहजिल्ला कपिलवस्तुका विभिन्न बस्तीमा गएर उपाध्यायले इस्लाम समुदायका नागरिकसँग इदको शुभकामना बाँडेका हुन् । 

‘हाम्रो चाडपर्वमा उहाँहरूले शुभकामना दिनुहुन्छ, उहाँहरूको चाडमा शुभकामना दिन गएको हुँ, बिहान एक ठाउँमा गएको थिएँ, अहिले तौलिहवा नजिकै छु, बेलुका पनि एउटा गाउँमा जाँदैछु,’ उपाध्यायले लोकान्तरसँग भने ।

भारतका लागि पूर्व नेपाली राजदूत समेत रहेका उपाध्याय पछिल्लो समय जिल्लामा बसेर विकास निर्माणको काममा केन्द्रीत हुँदै आएका छन् । उनी विगतमा कपिलवस्तुबाट संविधानसभा र प्रतिनिधि सभामा निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्