०९ असार २०८३, मंगलबार

मित्रताको नयाँ अध्याय शुरू गर्न शीले गरे रुस भ्रमण

मित्रताको नयाँ अध्याय शुरू गर्न शीले गरे रुस भ्रमण

काठमाडौं – चिनियाँ राष्ट्रपति शी चिनफिङ बुधवार रुसतर्फ गएका छन् । पश्चिमबाट अलग्गिएको मस्कोलाई फाइदा गराउने आर्थिक सम्बन्ध बढाउन तथा मित्रताको नयाँ युग ल्याउन शी त्यहाँ गएका हुन् ।

शी दिउँसो रुस पुगेपछि उनलाई सम्मान गारद अर्पण गरिनेछ । 

उनले क्रेमलिनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि बेलुका एउटा औपचारिक प्रीतिभोजमा भाग लिनेछन् । त्यसपछि उनले बोल्शोई थिएटरमा एउटा कार्यक्रममा भाग लिनेछन् । 

मस्कोले क्राइमियालाई सन् २०१४ मा आफ्नो देशमा गाभेपछि पश्चिमी मुलुकहरूसँग उसको सम्बन्ध बिग्रेको थियो । त्यसपछि रुस पूर्वमा रहेको आफ्नो मित्र चीनतर्फ फर्केको थियो । 

मस्कोको कार्यक्रम सकिएपछि शी रुसको पुरानो राजधानी सेन्ट पिटर्सबर्ग गएर इकोनोमिक फोरममा भाग लिनेछन् । 

चिनियाँ प्रतिनिधिमण्डलले रुसलाई उपहारस्वरूप दुईवटा पान्डा दिनेछ । ती पान्डा मस्को चिडियाखानामा राखिनेछन् । 

रुस र चीनबीचको साझेदारी घनीभूत हुँदै जाँदा द्विपक्षीय व्यापार २५ प्रतिशतले बढेको छ । चीन अहिले रुसको सबभन्दा महत्त्वपूर्ण आर्थिक साझेदार भएको छ । 

चिनियाँ उपविदेशमन्त्री झाङ हान्हुईले शीको भ्रमण द्विपक्षीय सम्बन्धमा कोशेढुंगा साबित हुने बताएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्