१० असार २०८३, बुधबार

अस्ट्रेलियाको मिडियामाथि प्रहरी आक्रमण

अस्ट्रेलियाको मिडियामाथि प्रहरी आक्रमण

काठमाडौं – अस्ट्रेलिया प्रहरीले अस्ट्रेलियन ब्रोडकास्टिङ कोर्प (एबीसी) को सिड्नी मुख्यालयमा छापा मारेको छ । पत्रकारहरूलाई तारो बनाएर प्रहरीले कारवाही चलाएको हो । 

सरकारी प्रसारण संस्थामा प्रहरी अधिकारीहरू दुई संवाददाता र समाचार निर्देशकको नाममा पक्राउ पूर्जी लिएर पुगेका हुन् । 

अस्ट्रेलियन बलहरूले अफगानिस्तानमा दुर्व्यवहार गरेको भनी छापिएको लेखका विषयमा प्रहरीले कारवाही चलाएको हो । 

मंगलवार प्रहरीले न्युज कोर्पका पत्रकारको घरमा पनि खानतलाशी गरेको थियो ।

पत्रकार संघले यी दुई छापामारीले अस्ट्रेलियाको प्रेस स्वतन्त्रतामाथिको आक्रमण देखिएको बताएको छ । 

एबीसीका अनुसार, बुधवारको छापामारी सन् २०१७ मा प्रकाशित खोजी लेखहरूको सँगालो दी अफगान फाइल्ससँग सम्बन्धित छन् । ती लेखमा अस्ट्रेलियन स्पेसल फोर्सेजले अफगानिस्तानमा अवैध हत्या र दुर्व्यवहार गरेको उल्लेख छ । 

गोप्य रक्षा दस्तावेजहरूका सयौं पृष्ठ एबीसीलाई चुहाइएको आधारमा लेखहरू प्रकाशित गरिएका थिए । 

अफगान फाइलहरू एबीसीले सन् २०१७ को जुलाई १० मा प्रकाशित गरेको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्