०१ असार २०८३, सोमबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं– तनहुँ, कञ्चनपुर र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–१ को पृथ्वी राजमार्गमा प्रदेश ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले मंगलवार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ६ वर्षीया निशा आलेलाई उपचारको लागि रत्नहरि अस्पताल दमौलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

कञ्चनपुर, शुक्लाफँटा नगरपालिका–७ जुडास्थित सडकमा से त ७१२२ नम्बरको ट्याक्टरले मंगलवार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५० वर्षीया सरस्वती मल्लको न्यू झलारी पोलिक्लिनिक उपचारको क्रममा मृत्यु भएको छ ।

ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा धनगढीमाई नगरपालिका–९ स्थित राजमार्गमा स.१ त ३२२६ नम्बरको ट्र्याक्टरले बुधवार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पहिचान नखुलेका करीब ५५ वर्षीय पुरुषको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्