
बुुटवल – रुपन्देहीको तिनाउ नदीमा जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले टिप्पर र जेसीबी नियन्त्रणमा लिएका छन् ।
बस्तीलाई जोखिममा पारेर ठेकेदारले जथाभावी उत्खनन् गरेको भन्दै नियन्त्रणका लिएर खोलामा रोकेको बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।
बुुटवल वडा नम्बर ११ र १७ को बीचमा नदीजन्य पदार्थ उत्खनन् भएको थियो । बुटवल वडा नम्बर १७ का वडा अध्यक्ष सन्तबहादुुर रानाको नेतृत्वमा आएको स्थानीय सहितको टोलीले नाराबाजी गर्दै उत्खनन् नगर्न चेतावनी दिएको थियो तर रानासँग सम्पर्क हुुन सकेन । २ वटा जेसीबी र ५ वटा टिप्पर खोलामै स्थानीयले रोकेका छन् ।

सुुस्वान कम्पनीले भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि त्यहाँबाट उत्खनन् गर्ने ठेक्का लिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुुख डिलबहादुुर मल्लले घटना सामान्य भएको प्रतिक्रिया दिए । उनले भने, ‘बस्तीलाई अप्ठ्यारो नपार्न आग्रह गर्दै खोलामा आएका रहेछन् । खासै ठूूलो विषय होइन ।’
