१० असार २०८३, बुधबार

यसरी फुट्यो मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप, १६ करोड क्षति

जेठ २४, २०७६
यसरी फुट्यो मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप, १६ करोड क्षति

संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् । 

३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए । क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए । नयाँ पत्रिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्