जेठ ६, २०७९
केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा बलात्कारको सिकार भएको गुनासो सहित प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण ख...
काठमाडौं – सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुंगा उत्खनन् कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाएर अधिवक्ता पदमबहादुर श्रेष्ठ र चिरञ्जीवी भट्टराईले बिहीवार दायर गरेको रिट निवेदनमा सो कार्य बन्द गर्न माग गरिएको हो ।
रिट निवेदनमा सुनकोशी नदीबाट बालुवा, गिट्टी, ढुंगा उत्खनन् गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन नगरेका कारण उत्खनन्ले समग्र वातावरणमा नै प्रत्यक्ष असर पार्ने गरी भएका नदीजन्य पदार्थ उत्खनन् कार्य रोक्न परमादेशको माग गरिएको छ ।
कानूनमा भएको व्यवस्थाहरूको प्रभावकारी लागू गरी कार्यान्वयन गर्नुपर्नेमा कानूनको पालना नगरी यसको उपेक्षा गरिएको हँुदा नदीजन्य पदार्थको उत्खनन, व्यवस्थापन तथा बिक्री वितरणसम्बन्धी भएका कानूनको तत्काल कार्यान्वयन गर्नु/गराउनु माग गरिएको छ ।
बाह्रबिसे नगरपालिकाको बजारदेखि दोलालघाटसम्म सुनकोशी नदीको दुवैतर्फको किनारामा र नदीको पिँधबाट कानून विपरीत बालुवा, गिट्टी, ढुंगाजस्ता पदार्थले नदीको बहाव तथा स्वरुप परिवर्तन भएको रिट निवेदनमा उल्लेख छ ।
रिट निवेदनमा नदीको दुवै किनारामा गैरकानूनी उत्खनन्का कारण ठूलाठूला पोखरी बनेको हुँदा सुनकोशी नदी कुरुप र अस्तित्व लोप हुनाका साथै मानव, वन्यजन्तु, जलचर, जलमार्ग, राजमार्ग, वनजंगल, पर्यटन व्यवसायीलाई दूरगामी वातावरणीय असर पुग्ने हुँदा कानूनी रुपमा संरक्षण जरुरी भएको भनिएको छ ।
केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा बलात्कारको सिकार भएको गुनासो सहित प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण ख...
हावाहुरीका कारण चितवनको नारायणी नदी पुल नजिक ट्रक दुर्घटना भएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना हुन प्रहरीले जनाएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ट्रकमा सवार २ जना सामान्य घाइते भ...
नेपाली सेनाले काठमाडौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि जनशक्ति माग गरेको छ । सेनाले विभिन्न तहमा काम गर्न ६ जना कर्मचारी माग गरेको हो । उनीहरूलाई करार सेवा अन्तर्गत सुविधा दिइने सेनाले ज...
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत...
रुपन्देहीको बुटवल उपमहानगरपालिका कालिकानगरमा जेब्रा क्रसमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति सवा १० बजेको समयमा योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु५४प ७३०७ नम्बरको...
हेटौडा उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । हेटौंडामा ७१५१८ गन्दा एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले २०३९५ मत पाएका छन् भने एकीकृत समाजवादीकी मिना लामा २२४६८ मत पाएर अग्रता बनाइरहेकी छन्...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...