
महोत्तरी- महोत्तरीको बर्दिवासमा एक किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् ।
एसिड आक्रमणबाट घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का १५ वर्षीय किशोर सुरज मुखिया रहेका छन् ।
शुक्रवार करीब १० बजे राति बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भएका हुन् ।
अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।