२३ जेठ २०८३, शनिबार

श्रीमतीमाथि बञ्चरो प्रहार, आफैं गए प्रहरी कार्यालय

श्रीमतीमाथि बञ्चरो प्रहार, आफैं गए प्रहरी कार्यालय
फाइल फोटो

बाँके- बाँकेको जानकी गाउँपालिकामा श्रीमानकोबञ्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् ।

जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिवार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए । 

उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैं प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्