२३ जेठ २०८३, शनिबार

जहाँ बिना पैसा सामान पाइन्छ !

जहाँ बिना पैसा सामान पाइन्छ !

एजेन्सी- २१ औं शताब्दीमा पैसा बिना केही पनि पाउन मुश्किल छ । जे चाहिए पनि पैसा नभई हुँदैन । यदि तपाईंसँग पैसा छैन भने चाहेको वस्तु पाउन सक्नुहुन्न । यो सत्य हो । 

तर भारतको असममा एउटा यस्तो ठाउँ छ जहाँ सामानको पैसा पर्दैन । असमको मोरीगाउँ जिल्लाको जूनबिल क्षेत्रमा एउटा मेला लाग्छ, जहाँ सामानको पैसा पर्दैन । 

उक्त मेलामा पहाड र समथर भूमागका जनजातिहरू ठूलो संख्यामा पुग्ने गर्छन् । तीन दिनसम्म चल्ने मेलामा मानिसहरूले सामान त ल्याउँछन् तर पैसाको आदानप्रदान गर्दैनन् । 

मेलाको विशेषता नै पैसाको कारोबार नगर्नु हो । उनीहरूले आफ्नो सामान दिन्छन् र सोही मूल्य बराबर अनुमान गरी अरूमार्फत सामान लिन्छन् । 

मेला विगत पाँच वर्षदेखि लाग्दै आएको छ । 

यसले सामान साटफेर मात्रै नभई दुई भेगमा मानिसहरू बीच सम्बन्ध सौहार्द बनाउन मद्दत गर्छ ।

मेलामा आफूहरूले उत्पादन गरेका र आफूसँग उपलब्ध हुने वस्तुहरूमात्रै लगिन्छ । अन्यत्रबाट किनेर साटफेर भने गरिँदैन । 

salt training

कमेन्ट गर्नुहोस्