
काठमाडौं – रुपन्देहीको देवदहमा एक जना यूवक मृत फेला परेका छन् । देवदह नगरपालिका–८ विशालनगरका सुमन थापा मृत फेला परेका हुन् ।
थापा आफ्नो गोठमा झुण्डिएको अवस्थामा देखेका घरका आफन्तले घाँटीको पासो फुकालेका थिए । तर उनको भने मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी दिपक वस्नेतले लोकान्तरलाई बताए ।
बस्नेतले भने, ‘आफन्तले पासो फुकाएको बताउनुभएको छ तर स्थानीयले भने उनको हत्या भएको दाबी गरिरहेका छन् ।’
थापाको शवलाई अहिले अंचल अस्पताल बुटवलमा ल्याउने तयारी भइरहेका छ । मृतक थापाको पोष्टमार्टम गरेपछि सत्यतथ्य बाहिर आउने एसपी बस्नेतले बताए ।
हत्या भएको हो होइन भन्ने विषयमा अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।