२३ जेठ २०८३, शनिबार

अरबपति कुकुर, वरिपरी नोकरचाकर मात्र होइन 'बिकिनी गर्ल' पनि !

अरबपति कुकुर, वरिपरी नोकरचाकर मात्र होइन 'बिकिनी गर्ल' पनि !

काठमाडौँ -जर्मन निवासी गंथर नामको कुकुर यति धनी छ कि संसारका अरबपतिहरू पनि गंथरको नाम सुनेर डाह गर्छन् । यो एउटा जर्मन शेफार्ड प्रजातिको कुकुर हो र संसारको सबभन्दा धनी कुकुर मानिन्छ । गंथरसँग १४ करोड डलर अर्थात १५ अर्ब भन्दा बढी सम्पति छ ।

गंथर एउटा सेलीब्रेटी जस्तै जीवन जिउने गर्छ । उसको दायाँ- बायाँ नोकर चाकर पनि घुमिरहेका हुन्छन् । उनीहरूले गंथरको खानापिनाको ध्यान राख्ने गर्छन् । यहाँसम्म कि गंथरको वरिपरी 'बिकिनी गर्ल्स'को पनि ताँती लागिरहेको हुन्छ ।  

अब प्रश्न उठ्छ कि गंथरले पैसा कसरी कमायो । जबकी पुच्छर हल्लाउने बाहेक गंथरले कुनै काम गरेको छैन । खासमा उसलाई यति धेरै सम्पति उसको पिताबाट विरासतमा प्राप्त भएको हो । गंथरको पिताले यो सम्पति आफ्नो मालिक्नी कार्लोत्ता लीबेन्स्टाइनबाट प्राप्त भयो । सन् १९९२ मा मालिक्नीको मृत्यु भएपछि इटाली र जर्मनीमा रहेको सबै सम्पति गंथरको पितालाई प्राप्त भयो ।

भाग्य होस् त यस्तो !

-एजेन्सीको सहयोगमा 

salt training

कमेन्ट गर्नुहोस्