
काठमाडौँ - माल्दिभ्सको औपचारिक भ्रमणपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार श्रीलंका पुगेका छन् । मोदीलाई श्रीलंकाका समकक्षी रनिल विक्रमसिंघेले कोलम्बोमा स्वागत गरे । मोदीले र विक्रमसिंघेसँग औपचारिक भेट गर्नेछन् ।
प्रधानमन्त्री मोदीले भ्रमण अघि गत अप्रिल २१ गते इस्टर सन्डेको दिन भएको आतंककारी हमलाबाट गुज्रिएका श्रीलंकाको सरकार र जनतासँग आफू सँगै भएको सन्देश दिएका थिए ।
आतंककारी हमलापछि श्रीलंकाको औपचारिक भ्रमण गर्ने मोदी पहिलो विदेशी सरकार प्रमुख हुन् ।
'एक महत्त्वपूर्ण यात्रा, एउटा मूल्यवान छिकेकीसँग दोस्तीको बलियो बन्धनलाई प्रस्तुत गरेको छ,' श्रीलंका भ्रमण जानुअघि मोदीले एक ट्वीट गर्दै भारत र श्रीलंकाबीच बलियो सम्बन्ध रहेको बताएका थिए ।
मोदीले श्रीलंकाका प्रधानमन्त्रीका साथै पूर्व राष्ट्रपति तथा विपक्षी दलका नेता महिन्दा राजापाक्षसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री भएपछि 'बे अफ बङ्गाल इनिसियटिभ (बिमस्टेक)' राष्ट्रहरूसँगको सम्बन्धमा बढी जोड दिएका मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई खासै महत्त्व दिएका छैनन् ।
पाकिस्तान विरोधी छबी देखाएर लोकसभामा बहुमत ल्याएका मोदीले पाकिस्तान र अफगानिस्तान बाहेकका अन्य छिमेकी देशसँग मित्रताको सम्बन्ध बलियो बनाउने दिशातर्फ कदम चालेका छन् ।
माल्दिभ्स बिमस्टेकको सदस्य नभएपनि पहिलो विदेश भ्रमण माल्दिभ्सबाटै गरेर मोदीले आफ्नो छिमेक नीतिका बारेमा महत्त्वपूर्ण सन्देश दिएका छन् । श्रीलंका भने बिमस्टेक सदस्य राष्ट्र हो ।
दोस्रोपटक प्रधानमन्त्रीको सपथ खाएपछि मोदीले आफ्नो पहिलो विदेशभ्रमण माल्दिभ्स र श्रीलंकाबाट शुरू गरेका छन् ।
An important visit, signifying the strong bonds of friendship with a valued neighbour.
— PMO India (@PMOIndia) June 9, 2019
PM @narendramodi landed in Colombo, where he was welcomed by PM @RW_UNP. pic.twitter.com/tVQkGb9WCl