०४ साउन २०८३, सोमबार

जब बिल गेट्स र वारेन बफेट बने रेस्टुरेन्टको वेटर !

जब बिल गेट्स र वारेन बफेट बने रेस्टुरेन्टको वेटर !

काठमाडौँ -बिल गेट्स र वारेन वफेटलाई नचिन्ने मान्छेहरू संसारमा कमै होलान् । बिल संसारकै दोस्रो धनी व्यक्ति हुन् भने वफेट तेस्रो । आफ्नो निरन्तरको काम, मेहेनेत, लगनशील र भाग्यले दुवैले यो स्थान हासिल गरेका हुन् ।

तर तपाईंलाई अचम्म लाग्ला, यि दुवै एकपटक रेस्टुरेन्टमा वेटरको काम गरेको अनुभव छ । 'कुनै पनि काम सानो हुन्न' भन्ने देखाउन यिनीहरूले एक रेस्टुरेन्टमा खाना पकाउने, ग्राहकलाई दिने र क्यास काउन्टर सम्हाल्ने सम्मका काम गरे ।

माइक्रोसफ्टका 'को-फाउण्डर' ६३ वर्षीय बिल गेट्स र 'वर्क शायर हैथवे'का अध्यक्ष ८८ वर्षीय वारेन वफेटले गत जुनमा अमेरिकाको एक आइसक्रिम र फास्टफूड रेस्टुरेन्ट डेरी क्वीनमा कर्मचारीले जस्तै काम गरे । दुवै ग्राहकलाई सेवा गर्ने वेटर पनि बने । यसमा गेट्स र वफेट दुवैले अन्य कर्मचारीले जस्तै एप्रोन लगाएर 'मिल्कशेक' बनाए अनि ग्राहकलाई दिए । गेट्सले ठट्टा गर्दै भने, 'मलाई वफेटको भन्दा राम्रो र छिटो मिल्कशेक बनाउन आउँछ ।'

शेयरधनीको मिटिङबाट समय निकालेर गत जुनमा वफेट र गेट्सले केही नया गर्नेबारेमा सोचे । दुवै डेरी क्वीन रेस्टुरेन्टमा गए र खाना खाए । त्यसपछि त्यहाँ वेटरको काम कसरी गर्ने भन्ने ट्रेनिङ लिए । उक्त रेस्टुरेन्टको मालिक भने वफेट आफैं हुन् । उनले त्यो रेस्टुरेन्ट १९९८ मा किनेका थिए ।

हेर्नुहोस् भिडियो - 

-एजेन्सीको सहयोगमा 

salt training

कमेन्ट गर्नुहोस्