०८ असार २०८३, सोमबार

चुनावमा हार्नु जीवन हार्नु होइन : सरिता लामिछाने

चुनावमा हार्नु जीवन हार्नु होइन : सरिता लामिछाने

काठमाडौं - अभिनेत्री सरिता लामिछानेले चुनावमा हार्नु जीवन हार्नु नभएको बताएकी छिन् । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा आफू पराजित भएसंगै अध्यक्षमा निर्वाचित भएका रविन्द्र खड्कालाई बधाई दिँदै उनले भनिन् ‘चुनावमा हार्नु जीवन हार्नु होइन। यो एउटा प्रक्रिया मात्र हो ।’

सरिताले अगाडी थपिन् ‘संघको अध्यक्षमा गैह्र कलाकार नआएकोमा म निकै खुसी छु । रवीन्द्र दाईले जित्नुभएको छ । यो हामी सबै कलाकारको जित हो ।’ उनले गरेका प्रतिबद्धताहरु पूरा गर्न रविन्द्रलाई आग्रह गरिन् । साथै कलाकार संघलाई राजनीतिबाट टाढा राख्न सुझाइन् । ‘कलाकार संघ जहिले पनि कलाकारहरुको घर हुनुपर्छ । कलाकार संघभित्र पार्टीको राजनिति हाबी हुनु हुँदैन्’ रविन्द्रलाई सरिताले भनिन् ‘संघमा पार्टीको राजनिति हाबी हुन् नदिनुहोला । यसलाई बिशुद्ध कलाकारहरुको घर बनाईदिनुहोला । कलाकारका मुद्धा र मामिला उठाईदिनुहोला । कलाकारहरुका बारेमा बहस गराईदिनुहोला ।’

संघको पहिलो आवश्यकता भवन भएको सरिताले बताईन् । ‘दाईको कार्यकालमा संघको भवन बनोस् । पशुपतिको आर्यघाटमा घाम र पानीमा पार्थिव शरीव लडाउन नपरोस्’–उनले भनिन् । 

सरिताले आफूलाई मतदान गर्ने सम्पूर्ण कलाकारलाई धन्यबाद दिइन् । 

शनिबार भएको निर्वाचनमा सरिता ५७ मत अन्तरले पराजित भएकी हुन् । रविन्द्र नेपाल चलचित्र कलाकार संघको संस्थापक अध्यक्ष हुन् भने सरिता यसअघिको कार्यकालमा महासचिव थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्