
काठमाडौं– सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टी नेपालभित्र विवाद देखिएको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–सार्वजनिक रुपमा अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् ।
अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् ।
भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गर्न सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन् ।