०९ साउन २०८३, शनिबार

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ ।

गुठी विधेयकको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । 

राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमै अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसका बद्री पाण्डेले गुठी विधेकको विरोध गर्दै विधेयक नसच्चाएसम्म सदन चल्न नदिने बताए । 

कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्