२८ जेठ २०८३, बिहीबार

हत्या गरी फरार देवीरमन १९ वर्षपछि पक्राउ

हत्या गरी फरार देवीरमन १९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले विजयश्वरी प्रजापतीको हत्या गरी फरार रहेका देवीरमन अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोले सोमवार पत्रकार सम्मेलन गरी उनलाई आइतवार रुपन्देही सिद्धार्थ नगरपालिका– १ बेलहियाबाट (भारतीय सीमा नजिक)बाट सीबीआईको टोलीले पक्राउ गरेको जानकारी गराएको हो ।

उनले २०५७ साल असार ८ गते भक्तपुर कटुन्जे–८ की ३३ वर्षकी विजयश्वरी प्रजापतीलाई कास्की जिल्ला साविक बेगनास गाविस–५ का देवीरमन अधिकारीले घरेलु हतियार प्रहार गरी हत्या गरेका थिए । 

तत्कालिन पर्साका जिल्ला वन अधिकृत सुल्सी भक्त प्रजापतले आफ्नो घरमा घरेलु कामदारको रुपमा राखेको थिए । उनले ७ महिना काम गरिसकेपछि आफ्नो पारिश्रमीक माग्दा दिन आनाकानी गरेको  निहुँमा उनले हत्या गरेको सीआईबीले जनाएको छ ।

प्रजापतीको हत्यापछि उनले सुन, नगद, हिरा लगायतका सामानहरू चोरी गरी फरार भएको प्रहरी जनाएको छ ।

देवीरमन फरार भएपछि भारतको बनारस, महाराष्ट्र, मुम्बई लागायतका क्षेत्रमा नाम परिवर्तन गरेर उनी लुक्दै आएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्