
काठमाडौं- सोमवार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा मंगलवार झिनो अङ्कले सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको छ ।
स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमात्र बढ्यो । बैंकिङ २.२६, व्यापार ७.६९, विकास बैंक ३.१७, जलविद्युत् ४.६६ र लघुवित्त ३.५८ बिन्दुले बढ्दा म्युचुअल फण्ड शून्यमा रह्यो भने होटल ५.५१, वित्त १.३, निर्जीवन बीमा ४८.३१, उत्पादन ५.१८ र जीवनबीमा १.१ बिन्दुले घटे ।
स्टकका अनुसार आज शिवम् सिमेन्टको शेयर तीन करोड ७८ लाख २४ हजार ५२७ रुपैयाँमा कारोबार भइ शीर्ष स्थानमा रह्यो । त्यस्तै एनआईसी एसिया दुई करोड ७४ लाख ५५ हजार ७४५ रुपैयाँ, कृषि विकास बैंक दुई करोड ५९ लाख ६७ हजार २९७ रुपैयाँ, नेपाल बैंक दुई करोड ४९ लाख ४२ हजार ८५५ रुपैयाँ र प्रभु बैंकको एक करोड ४५ लाख ४८ हजार ५७९ रुपैयाँमा कारोबार भइ अग्रस्थानमा रहे ।