०७ असार २०८३, आइतबार

साइप्रसका लागि गैरआवासीय नेपाली राजदूतमा अन्जान शाक्य

साइप्रसका लागि गैरआवासीय नेपाली राजदूतमा अन्जान शाक्य

काठमाडौँ - साइप्रसका लागि गैर-आवासीय राजदूतका लागि डाक्टर अन्जान शाक्यलाई नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शाक्यलाई गैरआवासीय राजदूत नियुक्त गरेको मंगलवार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २ सय ८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा इजरायलका लागि नेपालको आवासीय राजदूत रहेकी शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेको बताएका हुन् ।

कमेन्ट गर्नुहोस्