२९ जेठ २०८३, शुक्रबार

विदेश पढ्न जानेमाथि कडाई, अब १२ पास गरेपछि मात्रै अनुमति

जेठ ३०, २०७६
विदेश पढ्न जानेमाथि कडाई, अब १२ पास गरेपछि मात्रै अनुमति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ । 
एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो । 
‘उच्च् शिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिने निर्णय गरिएको’ मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । १२ पास नगरी विद्यालयतहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति नदिइने उनले बताए । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्