
पोखरा – बुधवार साँझ पानीको ट्यांकीमा डुबेर १ बालकको ज्यान गएको छ ।
स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका ४ वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्यांकीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।