०५ असार २०८३, शुक्रबार

सलमान खान हुन् बलिउडका बक्स अफिस किङ, विगत १४ फिल्मले कमाए २७२७ करोड भारु

सलमान खान हुन् बलिउडका बक्स अफिस किङ, विगत १४ फिल्मले कमाए २७२७ करोड भारु

काठमाडौं – सलमान खान बलिउडका सबभन्दा ठूला सेलेब्रिटीमध्ये एक हुन् । विगत १० वर्षमा सलमानका फिल्महरूले बलिउडको कमाइमा महत्त्वपूर्ण योगदान गरेका छन् ।

प्रत्येक वर्ष सलमानका फिल्मले सजिलै १०० करोड भारु कटाउँछन् । वितरकहरू सलमानको फिल्म रिलिजलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका हुन्छन् । 

विगत १० वर्षमा सलमानका फिल्महरूले २७२७ करोड भारु कमाएका छन् । सलमानका दबंग–३, इन्शाल्लाह र किक–२ बनिरहेका छन् र ती पनि ब्लकबस्टर हुने सम्भावना छ । 

सन् २०१० मा सलमानको दबंग फिल्म आएको थियो र त्यसले १३८.८८ करोड भारु कमायो ।

सन् २०११ मा उनको कमेडी फिल्म रेडी आयो । यसले कुल १२० करोड भारु हात पार्‍यो । त्यही वर्ष ईदमा बडीगार्ड फिल्म आयो र त्यसले १४२ करोड भारु कमायो । 

सन् २०१२ मा सलमानको एक था टाइगर आयो । फिल्मले १९८ करोड भारु कमायो । त्यसै वर्ष सलमानले दबंगको सिक्वेल ल्याए र त्यो फिल्मले १५८.५० करोड भारु कमायो ।

सन् २०१३ मा सलमानको कुनै पनि फिल्म आएन र सन् २०१४ मा जय हो आयो । यो फिल्म खास चलेन तैपनि १११ करोड भारु कमायो । तर त्यही वर्ष आएको फिल्म किकले २३३ करोड भारु कमाइदियो । 

सन् २०१५ मा सलमानको बजरंगी भाईजानले ३२०.३४ करोड भारु कमाएर सबैलाई मालामाल बनाइदियो । ३०० करोड भारु कमाउने लिस्टमा परे सलमान । त्यसै वर्ष प्रेम रतन धन पायो फिल्म पनि आयो र त्यसले २०७.०४ करोड भारु कमायो । 

सन् २०१६ मा सलमानले सुल्तान फिल्म ल्याए । फिल्मले ३००.४५ करोड भारु कमायो । 

सन् २०१७ मा चाहिँ सलमानको ट्युबलाइट फिल्म फ्लप भयो तैपनि १२१.२५ करोड भारु कमायो । तर त्यसै वर्ष आएको टाइगर जिन्दा है फिल्मले ३३९.१६ करोड भारु कमाएर वितरकहरूलाई मालामाल बनायो । 

सन् २०१८ मा सलमानको रेस–३ आयो तर त्यसले धेरैलाई निराश पारिदियो अनि जम्मा १६९ करोड भारु कमायो । 

सन् २०१९ मा सलमानको भारत फिल्म आयो र यसले विश्वव्यापी बक्स अफिसमा २५० करोड भारु कमाइसकेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्