
काठमाडौं – ओमानको खाडीमा दुईवटा तेल ट्यांकरमा विस्फोट भएपछि दर्जनौं कर्मचारीको उद्धार गरिएको छ ।
इरानले कोकुका करेजीयसका २१ जना कर्मचारी र फ्रन्ट आल्टएयरका २३ जनालाई उद्धार गरेको जनाएको छ ।
यो संसारको सबभन्दा व्यस्त तेल मार्ग हो । विस्फोटको कारण पत्ता लागेको छैन ।
एक महिनाअघि यूएईनजिक चारवटा तेल ट्यांकरमाथि आक्रमण भएको हो ।
बिहीवारको घटनापछि तेलको मूल्य ४.५ प्रतिशतले बढेको छ ।
नर्वेली कम्पनीको स्वामित्वमा रहेको फ्रन्ट आल्टएयरमा आक्रमण गरिएको नर्वेजियन मेरिटाइम अथोरिटीले बताएमो छ । आक्रमणका कारण तीनवटा विस्फोट भएका थिए ।
ताइवानको सरकारी तेल प्रशोधन केन्द्र सीपीसी कोर्पले फ्रन्ट आल्टएयर भाडामा लिएको हो । उक्त संस्थाका प्रवक्ता वु आई–फाङले ट्यांकरमा ७५ हजार टन नाफ्था रहेको र यसलाई पनडुब्बीले ठक्कर दिएको शंका गरेको बताए ।
तर यसको पुष्टि हुन सकेको छैन । अन्य अपुष्ट खबरले बम आक्रमणको संकेत दिएका छन् ।
घटनापछि साउदी अरबले इरानलाई कडा परिणाम बेहोर्नुपर्ने चेतावनी दिएको छ ।
बीबीसीबाट