०५ असार २०८३, शुक्रबार

नेपाली हुँदाहुँदै निगमका ११ विदेशी पाइलट, दुई करोड ४२ लाख फजुल खर्च

जेठ ३१, २०७६
नेपाली हुँदाहुँदै निगमका ११ विदेशी पाइलट, दुई करोड ४२ लाख फजुल खर्च

नेपाली पाइलट हुँदाहुँदै नेपाल वायुसेवा निगमले वाइडबडी र न्यारोबडी जहाजमा ११ जना विदेशी पाइलट लिएको छ ।

 प्रतिपाइलट मासिक २० हजार डलर तलब दिइएको छ । उनीहरूका लागि  दुई करोड ४२ लाख रुपैयाँ मासिक फजुल खर्च भइरहेको छ । एयरबस ३२० (न्यारोबडी) जहाजका लागि १६ जना क्याप्टेन र १६ जना नै कोपाइलट चाहिन्छ । अहिले न्यारोबडीमा २३ जना क्याप्टेन र १० जना मात्र कोपाइलट छन् । अर्थात् न्यारोबडीका लागि चाहिनेभन्दा ६ जना बढी क्याप्टेन छन् । तीमध्ये तीनजना विदेशी हुन्, तर एयरबस ३३० (वाइडबडी) मा १८ जना क्याप्टेन र १८ जना कोपाइलट चाहिन्छ । तर, निगमसँग १२ जना क्याप्टेन र ११ जना कोपाइलट मात्रै छन् । क्याप्टेनमध्ये चारजना नेपाली हुन् भने आठजना विदेशी हुन् । तर, न्यारोबडी उडाइरहेका पाइलटलाई एक साताको तालिम दिएर वाइडबडीमा सार्न सकिन्छ । ‘प्रतिक्याप्टेन २० हजार अमेरिकी डलर तलब दिएर आठजना विदेशी क्याप्टेन राखिएको छ । उनीहरूलाई वाइडबडीमा सार्न सकिन्छ । न्यारोबडीमा पनि तीनजना विदेशी पाइलट छन्,’ स्रोतले भन्यो, ‘यो सीधासीधा आर्थिक चलखेल हो ।’ नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्