०७ असार २०८३, आइतबार

हत्याका आरोपी पक्राउ

हत्याका आरोपी पक्राउ

स्याङ्जा – हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ ।

जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो ।

अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाबारे अनुसन्धान थालेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको तालिमप्राप्त कुकुरको संकेतको आधारमा अनुसन्धान गर्दै जाने क्रममा जेठ २६ गते राति राजेश अधिकारीले काम गरेको पैसा माग्दै तथानाम गाली गरेको र आफ्नो आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै हथौडा र काठको चिर्पट प्रहार गरी घाइते बनाएर छोडेकाले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका सूर्यवंशीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्