०६ असार २०८३, शनिबार

चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

विराटनगर – चिठ्ठामा २५ लाख रुपैयाँ परेको भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले बिहीवार पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई १ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक  घनश्याम श्रेष्ठले जानकारी दिए ।

निजहरूले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) वापत पटक–पटक गरी मरिकको नाममा ४५ हजार रुपैयाँ र ७५ हजार रुपैयाँ गरी १ लाख २० हजार रुपैयाँ विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका मलाहा यसअघि विक्रम संवत् २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट २ लाख धरौटीमा छुटेका थिए । निजहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्