२२ जेठ २०८३, शुक्रबार

प्रधानसेनापति थापा चीन जाँदै

प्रधानसेनापति थापा चीन जाँदै

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । सो भ्रमण दलमा उनकी पत्नी दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जना रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकनलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ । नेपाली सेनाले उच्च तहका सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको द्विपक्षीय हित र पारस्परिक सम्बन्ध  सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ । प्रधानसेनापति सहितको  टोली असार ७ गते स्वदेश फिर्ता हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्