831 shares
काठमाडौं– बझाङ केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको छ । दिउँसो १२ बजेर २२ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत जेठ १६ गते मुगु केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प गएको थियो ।