
काठमाडौं। शिक्षित युवालाई स्वरोजगार बनाउन सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो व्यवस्थाअनुसार कर्जा पाउन नसकेकोे युवाले गुनासो गर्दै आएका छन् ।
पाँच प्रतिशत ब्याजदरमा प्राप्त हुने यस्तो कर्जा दिन बैंकले नै चासो नदेखाएपछि युवाहरू पीडित बनेका हुन् । राजधानी दैनिकमा खबर छ ।